बुधबार, भदौ ३१, २०८३

तोलामा सात सयले घट्यो सुनको मूल्य 

बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ। 
 |  बुधबार, मंसिर २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०७७

काठमाडौं– बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ। 

मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० कायम भएको हो। 

यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको छ। 

मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० मा कारोबार भएको थियो। आज ९२ हजार ९५० तोकिएको छ। 

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २३५ मा कारोबार भएको चाँदी आज एक हजार २१५ मा कारोबार भइरहेको छ।
 

प्रकाशित: Dec 09, 2020| 05:17 बुधबार, मंसिर २४, २०७७
प्रतिक्रिया दिनुहोस्