काठमाडौं– मंगलबार सुनको मूल्य तोलामा एक हजार ५०० बढेको छ।
सोमबार ९२ हजार ६०० मा कारोबार भएको सुन आज ९४ हजार १०० मा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार ५०० ले बढेको छ।
तेजाबी सुन सोमबार ९२ हजार १५० मा कारोबार भएको थियो भने आज तोलाको ९३ हजार ६५० कायम भएको छ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर एक हजार २३५ पुगेको छ।