बुधबार, भदौ ३१, २०८३

नेपालमा बिएमडब्ल्यूको आधिकारिक बिक्री सुरु

नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेबाट बिएमडब्ल्यू ब्राण्डको बिक्री सुरु गरेको छ। 
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

काठमाडौं– नेपालको लागि बिएमडब्ल्यू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेबाट बिएमडब्ल्यू ब्राण्डको बिक्री सुरु गरेको छ। 

नेपालमा बिएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको बताएका छन्। 

‘नेपाल बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार हो,’ उनले भने, ‘लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ र ग्राहकले ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने छन्।’

 

लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले विश्वस्तरिय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम सञ्चालन गरेको बताए। 

‘हाम्रो टिम बिक्री र बिक्रीपछिको उत्कृष्ट सेवा दिन कटिबद्ध छ’, उनले भने, ‘ग्राहकलाई गाडी खरिदमा अविस्मरणिय क्षणको अनुभव दिलाउन चाहन्छौं।’

कोरोनाको जोखिम कम गर्न लक्ष्मी प्रिमियमले ‘कनट्याक्ट लेस’ ‘टेष्ट ड्राइभ’को सुविधा उपलब्ध गराउने जनाएको छ। त्यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेवसाइट वा फोन कलको माध्यमबाट ‘टेष्ट ड्राइभ’ ‘बुक’ गर्नुपर्ने छ। 

‘टेष्ट ड्राइभ’ को लागि छनोट गरेको वा खरिद गरिएको गाडी पूर्णरुपमा सेनिटाइज गरिएको हुने लक्ष्मी प्रिमियले जनाएको छ।

लक्ष्मी प्रिमियमले अहिले चार मोडलका गाडी नेपालमा उपलब्ध गराउने छ।  

जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बाङ्लादेशसँग सहकार्य गरेको छ। 

बिएमडब्ल्यू बाङ्लादेशले नेपालमा बिएमडब्ल्यूको बजार स्थापित गर्न, बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न र पूर्वाधार निर्माण गर्न ‘मेन्टर’ को भूमिका निर्वाह गरेको छ। 

प्रकाशित: Dec 07, 2020| 07:08 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्