आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितहरुले मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।
सबै कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने र विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अगाडि बढ्ने बैंकले बताएको छ।
राष्ट्रिय वाणिज्य बैंकका नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलनमा उत्रिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले विभिन्न माग राखी बैंकको केन्द्रीय कार्यालय घेराउ गरेको हो।
इतिहासमा नै पहिलो पटक एकै दिन करिब डेढ सय अंकले सेयर बजार ओरालो लागेपछि लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
डिजिटल कार्गो सेवा प्रदायक 'उपाय सिटी कार्गो'ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम-सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार अनुगमन गरी सिल गरेको हो।
कार्यक्रममा कम्पनीले उत्पादन गरिरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको जनाएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण...