आइतबार, असोज १८, २०८३

जनार्दन बरालको अध्यक्षतामा सेजनमा नयाँ कार्यसमिति

आर्थिक पत्रकारहरूको संस्था सेजन अध्यक्षमा जनार्दन बराल विजयी भएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– आर्थिक पत्रकारहरूको संस्था सेजन अध्यक्षमा जनार्दन बराल विजयी भएका छन्।

नयाँ पत्रिकाका आर्थिक ब्युरो प्रमुख बरालले क्लिकमाण्डुका र नेपाल लाइभ टुडेका सम्पादक क्रमशः आशीष ज्ञवाली र शिरोमणि ढुंगानालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

बरालले ११४ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी क्लिकमान्डुका ज्ञवालीले ८० मत प्राप्त गरेका थिए। यस्तै उपाध्यक्षमा क्यापिटल डटकमका सुजन ओली विजयी भएका छन्। उनले १२८ मत प्राप्त गरेका थिए। 

सेजन महासचिवमा भने शिलापत्र डटकमका भागवत भट्टराई विजयी भएका छन्। सचिवमा भने बाह्रखरी मिडियाका हिमाल पौडेल विजयी भएका छन्। कारोबारकी लक्ष्मी सापकोटा १२३ मतका साथ कोषाध्यषमा विजयी भएकी छन्।

सदस्यमा इशारा कोइराला, अच्युत पुरी, सीबी अधिकारी, अमर बडुवाल र शोभित थपलिया चयन भएका छन्।

प्रकाशित: Sep 03, 2021| 19:39 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्