आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर भने– पुँजी बजारमा देखिएका समस्या समाधान गर्नुस्

अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर भने– पुँजी बजारमा देखिएका समस्या समाधान गर्नुस्

सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ। 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। ‘कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्नुहोला,’ अर्थमन्त्रीले गभर्नरलाई दिएको निर्देशन उद्धृत गर्दै मन्त्रालयले भनेको छ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।


प्रकाशित: Sep 06, 2021| 12:59 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्