आइतबार, असोज १८, २०८३

युनिलिभरमा छापा, चिया प्रशोधन केन्द्र सिल

जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार अनुगमन गरी सिल गरेको हो।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

हेटौँडा- हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरी कारबाही प्रक्रिया सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार अनुगमन गरी सिल गरेको हो। 

अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए।  

'विशेष सूचनाका आधारमा भएको अनुगमनमा विवरण स्पष्ट नभएका तथा म्याद गुज्रिएका चियापत्ती फेला पारेर हामीले नमूना सङ्कलन गरेका छौँ र कम्पनीको चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौँ,' उनले भने। उनका अनुसार उक्त कम्पनीमा म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएका करिब ३० किलोग्रामका ९२० बोरा चिया फेला परेको थियो। फेला परेको चियाको नमूना सङ्कलन गरी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उनले बताए। 

चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने प्रयोजनका लागि राखिएको विशेष सूचना पछि अनुगमन गरिएको थियो। भारतबाट आयात गरिएको म्याद गुज्रिएको चियापत्ती ‘रेड लेबल’ नामक  चियाको ब्राण्डमा बिक्रीका लागि बजार पठाउने गरेको फेला पारिएसँगै अनुगमन भएको हो। 

प्रकाशित: Sep 03, 2021| 16:35 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्