आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर बजार घटेपछि राष्ट्र बैंकका गभर्नरको राजीनामा माग

सेयर बजार घटेपछि राष्ट्र बैंकका गभर्नरको राजीनामा माग

इतिहासमा नै पहिलो पटक एकै दिन करिब डेढ सय अंकले सेयर बजार ओरालो लागेपछि लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– इतिहासमा नै पहिलो पटक एकै दिन करिब डेढ सय अंकले सेयर बजार ओरालो लागेपछि लगानीकर्ताको समूहले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेकाे छ। 

गभर्नर अधिकारीले सुनियोजित रुपमा सेयर बजारलाई घटाउने नीति लिएको भन्दै लगानीकर्ताहरुले आइतबार गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्। पुँजीबजार सुधार संघर्ष समितिले विज्ञप्ति जारी गरी विभिन्न समयमा राष्ट्र बैंकले पुँजी बजारको अस्तित्व नै धरापमा पर्नेगरी विभिन्न नीतिहरु अख्तियार गरेको भन्दै गभर्नरको राजीनामा माग गरेको हो। समितिका संयोजक रामकृष्ण ढकालले सम्बन्धित निकायले विज्ञप्तिको बेवास्ता गरे सोमबार विरोध कार्यक्रम गरिने जनाएका छन्। 

समितिले सोमबार बिहान ११ बजे देशभरका लगानीकर्ता भेला भएर राष्ट्र बैंकको सेयर नीतिको विरोधमा जुलुश निकाल्ने कार्यक्रम तय भएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पुगेर नाराबाजीसहित विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ।

समितिले १५ बुँदे माग राख्दै विज्ञप्ति जारी गरेको छ। लगानीकर्ताहरुले राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा लगाएको सीमा पुँजी बजारको विकासमा बाधक बनेकोले तुरुन्त खारेज गर्नुपर्ने, लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशत भन्दा माथिको रिजर्भ राख्नुपर्ने व्यवस्था र असल कर्जाको प्रोभिजनको १.३ प्रतिशतको नयाँ व्यवस्था समेत खारेज गर्न माग गरेका छन्।


प्रकाशित: Sep 05, 2021| 13:31 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्