मंगलबार, कात्तिक ६, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ई-टिकट लागू भए पनि बसपार्कमा बिचौलिया सक्रिय, यात्रुलाई सास्ती उस्तै [भिडियोसहित]

Siddartha premir insuranceSiddartha premir insurance

ई-टिकट लागू भए पनि बसपार्कमा बिचौलिया सक्रिय, यात्रुलाई सास्ती उस्तै [भिडियोसहित]

‘आफूलाई ठिक्क पुग्ने खर्च बोकेर हिँडिएको हुन्छ। यसरी बाटोमा थप भाडा मागेर दुःख दिनु त अत्याचार नै भयो नि।’
 |  आइतबार, भदौ २०, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, भदौ २०, २०७८

काठमाडौं– करिब एक वर्षपछि नयाँ बसपार्क आएका सुर्खेतका खड्गबहादुर शाही पहिलेजस्तो टिकट काट्न अल्मलिएनन्। सरासर काउन्टरमा गए, आफ्नो विवरण टिपाए, टिकट लिए। टिकट पहिलेजस्तो हातैले लेखिएको थिएन। कम्युटरबाट प्रिन्ट गरेर दिइएको थियो। सुरुमा त अल्मलिए पनि उनी। 

triton college

‘अब तपाईंले पहिलेजस्तो हातले लेखेको टिकट पाउनुहुन्न। सबै टिकट यसै गरी कम्युटरबाट काटिन्छ,’ काउन्टरका कर्मचारीले बुझाए। साउन १० गतेदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा कम्प्युटर प्रणालीबाट टिकट काट्न थालिएको हो। इटिकटको व्यवस्था भएसँगै बसपार्कमा हुने यात्रुको अलमल मात्रै हटेको छैन, सिट र भाडाका लागि हुने किचकिचि पनि अन्त्य भएको छ।

कम्युटरबाट टिकट काट्दा बिचौलियाले बढी लिने र नक्कली टिकट भिडाएर यात्रु ठग्ने सम्भावना क्षीण भएको नयाँ बसपार्क व्यवस्थापनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अधिकारी बताउँछन्।

ल्होत्से प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार टिकट काउन्टर प्रविधिमैत्री बनाएसँगै बसपार्कको काउन्टरमा हुने भीडभाड र यात्रु तानातान अन्त्य भएको छ। टिकट काउन्टरका कर्मचारी सहदेव अधिकारी पनि पहिलेभन्दा अहिले टिकट काट्न धेरै सहज भएको बताउँछन्। सिट डबल पर्‍यो, बढी भाडा लियो भन्ने गुनासो आएको छैन।

ल्होत्से बहुउद्देश्यीय प्रालि र टिकट काउन्टरका कर्मचारीले इटिकट सुरु भएसँगै बिचौलिया हटेको दाबी गरे पनि बसपार्कमा यात्रुको झोला तान्नेहरुको कमी थिएन। अनेक बहाना गरेर टिकट भिडाउन खोज्नेको जमात पनि ठूलै थियो।

Metro Mart
vianet


यही जमातको बीचमा भेटिइन् बुटवलकी मनीषा विश्वकर्मा। उनको व्यथा काउन्टरका कर्मचारीले दाबी गरेभन्दा फरक थियो। उनलाई कम्प्युटर प्रणालीको सिस्टमले फरक पारेको छैन। बुटलबाट आउँदा ६ सय ५० मा इटिकट लिएकी आइन्। तर, बीचबाटोमा आइपुगेपछि थप ३ सय ५० रुपैयाँ मागियो। गाडीका सहचालक थप रकम नदिए उतारिदिने  धम्कीसमेत दिए। जसका कारण उनी मागेको जति पैसा दिन बाध्य भइन्।

नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउन्टर कम्प्युटर प्रणाली र प्रविधि प्रयोग गरी सञ्चालनमा ल्याइएको हो।

इटिकटको पैसा सीधै सवारीधनीको खातामा जाने भएपछि बीचमा खान पल्किएका चालक, सहचालकसहितका कर्मचारीले सताउने गरेको मनीषाको गुनासो छ। ‘दिएको पैसाले मात्रै गनतव्यमा पुगिन्छ कि पुगिँदैन भन्नै नसकिने। यस्तो सिस्टम कसरी राम्रो भयो?’ उनको प्रश्न छ, ‘आफूलाई ठिक्क पुग्ने खर्च बोकेर हिँडिएको हुन्छ। यसरी बाटोमा थप भाडा मागेर दुःख दिनु त अत्याचार नै भयो नि।’ यस्ता सवारी र त्यसका कर्मचारीलाई कारबाही गर्नुपर्ने उनको माग छ। 

धरान जान टिकट लिएका कृष्ण लिम्बु केही कमजोरी हटाए इटिकटले यात्रुलाई सहज बनाउने बताउँछन्। ‘बीचबाटोमा पैसा उठाउने गरेको गुनासो मैले पनि सुनेको छु। यस्तामाथि कारबाही गरेर इटिकट व्यवस्थित बनाउनुपर्छ,’ उनले भने।

नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउन्टर कम्प्युटर प्रणाली र प्रविधि प्रयोग गरी सञ्चालनमा ल्याइएको हो। ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउन्टरमा बस्ने कर्मचारीले पोसाक र परिचयपत्र लगाउनुपर्नेछ।

यस्तो छ ई-टिकटको व्यवस्था

काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो।

कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रस्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ। नयाँ बसपार्कबाट हाल ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण स्तरका सार्वजनिक सवारीसाधन आउजाउ गर्छन्। नयाँ बसपार्कभित्रका ३२ टिकट काउन्टरले कम्युटर प्रणालीमार्फत बसको टिकट  काटिरहेका छन्।

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ संक्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगमा जोड दिएको छ। बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको छ। 

भिडियो 

प्रकाशित: Sep 05, 2021| 14:30 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्