आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • झन्डै डेढ सय अंकले घट्यो नेप्से, ४० मिनेटका लागि कारोबार स्थगित

झन्डै डेढ सय अंकले घट्यो नेप्से, ४० मिनेटका लागि कारोबार स्थगित

आइतबार सेयर बजारमा कारोबार स्थगित भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– आइतबार सेयर बजारमा कारोबार स्थगित भएको छ। सेयर बजार परिसूचक अर्थात् नेप्से १४७.३१ अंक अर्थात् ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगित गरेको हो। 

एकैदिन यति धेरै अंकले नेप्से ओरालो लागेको यो नै पहिलो पटक हो। पछिल्लो एक वर्षको अवधिमा यो दोस्रो पटक नेगेटिभ सर्किट लागेको हो। यसअघिको सबैभन्दा ठूलो गिरावट १२३ अंकको थियो। त्यस्तै २०७७ पुस ५ गते बजारमा ९७ अंकले गिरावट आएको थियोे।

आज कारोबार रकम पनि ह्वात्तै घटेको छ। १२ बजेर ५९ मिनेट जाँदा ७ अर्ब रुपैयाँको कारोबार भएको छ। यसदिन ६० भन्दा बढी कम्पनीको नेगेटिभ सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको भने सकारात्मक सर्किटको लेभलमा परिसूचक बढेको छ। 

यसदिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मात्र बढेको छ। 


प्रकाशित: Sep 05, 2021| 13:15 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्