आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंक र गेट कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्ने सम्झौता

प्रभु बैंक र गेट कलेजबीच शैक्षिक कर्जा प्रवाह गर्ने सम्झौता

प्रभु बैंक लिमिटेठ र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) काबीच शैक्षिककर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- प्रभु बैंक लिमिटेठ र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट) काबीच शैक्षिककर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

प्रभु बैंक लिमिटेड र काठमाडौं, मण्डिकाटारस्थित ग्लोबल गेट कलेजका बीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी  सम्झौतामा हस्ताक्षर भएको हो।

प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र केजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेम राजलकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताबमोजिम होटेल तथा पर्यटन विषयमा उच्च शिक्षा अध्ययनगर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम पाँच लाखसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । 


प्रकाशित: Sep 05, 2021| 20:13 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्