बुधबार, फागुन २०, २०८२

विदेश


साइप्रसका राष्ट्रपतिलाई कोरोना संक्रमण

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेसलाई कोरोना सङ्क्रमण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सिन्धु नदीमा डुंगा डुब्दा २३ जनाको मृत्यु, २६ बेपत्ता

एक सय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा पाकिस्तानको रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु

गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

स्पेनमा अचाक्ली गर्मी, तातो हावाबाट ५१० जनाको मृत्यु

स्पेनमा केही समययता प्रचण्ड गर्मी हुनुका साथै तातो हावा चलिरहेको छ। तातो हावाबाट मानिसको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

यूरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’

दक्षिण पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

पश्‍चिमी प्रतिबन्धले हुने प्रविधिको जटीलता समाधान खोज्‍ने रूसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–यूक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

श्रीलंका : इस्टर आक्रमणको अनुसन्धानका लागि सहयोग गर्न बेलायतसँग आग्रह

‘इस्टर सन्डे’को आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलङ्काले बेलायतको सहयोग मागेको छ। ‘इस्टर सन्डे’को आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताको लागि...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

छात्रालाई परीक्षा हलमा भित्री लुगा हटाउन लगाइएको भन्दै अभिभावकद्वारा मुद्दा दर्ता

स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

भारतमा भेटिए ‘मंकिपक्स’ का दोस्रो संक्रमित

दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेका छन्। एनसीपी प्रमुख शरद पवारले भने, 'भारतको उपराष्ट्रपति पदका लागि...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

बाइडेन र साउदी राजकुमारबीच अफगान महिला अधिकारबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग अफगानी महिलाको अधिकारका बिषयमा छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

साउदी अरबले प्रतिदिन अधिकतम क्षमतामा इन्धन उत्पादन गर्ने

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ। शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

साउदी अरेबियाले सबैका लागि एयर स्पेस खोल्यो

साउदी अरेबियाले शुक्रबार सबै वायु वाहकहरूका लागि आफ्नो हवाई क्षेत्र खोल्ने निर्णय गरेको छ। देशको नागरिक उड्डयनको प्राधिकरणले ट्वीट गर्‍दै सो निर्णय सार्वजनिक गरेको हो। सन् १९४४ को शिकागो कन्भेन्सन...
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

श्रीलंका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई पनि देश छाड्न प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

पाकिस्तानमा पाँच विद्रोही र एक सैनिकको मृत्यु

हिंसात्मक घटनामा परी पाकिस्तानमा थप पाँच विद्रोही र एक सैनिकको मृत्यु भएको छ। सेनाले चलाएको सैन्य कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

श्रीलंकाली राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, अन्तरिम राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्रीलाई

सभामुख महिन्दा यापाले जुलाई १४ देखि राष्ट्रपति राजापाक्षेले राजीनामा दिएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

भक्सवागनको उत्सर्जन सफ्टवेयर अवैध भएको युरोपेली अदालतको ठहर

युरोपेली अदालत (सीजेईयू) ले बिहीबार भोक्सवागेन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ। निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन्। इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

अफगानिस्तानमा फैलियो हैजा, एकै अस्पतालमा १८० जनामा हैजाका बिरामी

चिकित्सक सोर्गुल नौजदीले भने, 'यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

पाकिस्तानमा वर्षा र बाढीमा परी एक मिहनामा १६५ जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९