बुधबार, फागुन २०, २०८२

पुल भत्किएपछि खेरसनमा रूसी सेना फसेको यूक्रेनको दावी

मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो। यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

किभ- यूक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइको सामना गर्नुपरेको जनाएको छ। मस्कोको सेनाले यूक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी शहर खेरसन कब्जा गरेको थियो। यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो।

यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्वपूर्ण मानिएका थिए। हालैका हप्ताहरूमा बारम्बार पुलहरूमा बमबारी भएपछि रूसी सेनालाई पनि रणनीतिकरूपमा समस्या परेको यूक्रेनको दावी छ।

सबैभन्दा महत्वपूर्ण खेरसनको उपनगरीय क्षेत्रमा एन्टोनिभ्स्की पुल जुलाईको अन्त्यदेखि मिसाइल आक्रमणको तारो बनेको छ। क्षेत्रीय सांसद सर्गी खलानले यूक्रेनी टेलिभिजनलाई बताएअनुसार रूसी सैनिकका लागि नदी पार गर्ने एक मात्र तरिका एन्टोनिभ्स्की पुल नजिकैको पेन्टुन हो जसले ‘उनीहरूको आवश्यकतालाई पूर्ण रूपमा पूरा गर्न सक्दैन’।

युद्ध चर्किएमा समयमै उद्धार गर्न नसकिने जान्दाजान्दै रुसले आफ्नो कमाण्ड सेन्टरलाई नदीको बायाँ किनारामा सार्न लागेको उनले बताए। खलानका अनुसार दाहिने किनारामा तैनाथ २० हजार रुसी सैनिकले तत्कालका लागि पैदलै पुल पार गर्न सक्नेछन्। 

एन्टोनिभ्स्की पुलको उत्तरपूर्वमा करिब ५० किलोमिटर (३१ माइल) दूरीमा रहेको नोभा काखोभका पुललाई यसै साता निशाना बनाइएको थियो। खलानले शनिबार यूक्रेनी सेनाले यस हप्ताको सुरुमा पुलमा आक्रमण गरेको र रूसीहरूलाई आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारुद, उपकरण र खाद्यान्न ढुवानी गर्न बाट रोकेको बताएका थिए।

kumari

बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको बताइएको छ।

प्रकाशित: Aug 15, 2022| 00:10 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।