बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • श्रीलंका चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिन बाध्य

श्रीलंका चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिन बाध्य

'युआन वाङ-५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ। अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढीला भएको' टाइम्स अनलाइनले जनाएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

कोलम्बो- श्रीलंकाले शनिबार चिनियाँ जहाज युआन वाङ-५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। टाइम्स अनलाइनका अनुसार श्रीलंका सरकारले युआन वाङ-५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ।

'युआन वाङ-५ अगस्ट १६ मा हम्बनटोटा अन्तरराष्ट्रिय बन्दरगाहमा आइपुग्ने छ। अगस्ट ११ मा  सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि  भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढीला भएको'  टाइम्स अनलाइनले जनाएको छ। 

यस अघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चिनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो। यसै बीच श्रीलंकाको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ। 

हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देश बीचको हार्दिक द्वीपक्षीय सम्बन्ध माथि प्रकाश पारेका थिए। यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ।

यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा  विकास गरिएको दाबी गरेको छ। सो विमान सन् २००७ मा निर्माण गरिएको  हो र यसले  ११, ००० टन  भार बहान क्षमता  राख्दछ।

kumari

प्रकाशित: Aug 14, 2022| 05:30 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।