बुधबार, फागुन २०, २०८२

एक लाख २८ हजारभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

kumari

सियोल- दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ।  

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो। दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ।  

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ। सोही अवधिमा थप  ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ। 

प्रकाशित: Aug 13, 2022| 05:00 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।