बुधबार, फागुन २०, २०८२

बैंककमा चिनियाँ क्यासिनो सञ्‍चालक पक्राउ

अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ। उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

बैंकक- अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ। उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए।  

उनले कम्बोडिया र म्यान्मारको कायिन राज्यको श्वे कोक्कोमा विवादास्पद ठूला आयोजना र र क्यासिनो खेलका साथै फिलिपिन्समा चिठ्ठा खेलाउने धन्दा चलाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। थाइ प्रहरीले उनलाई सुपुर्दगीका लागि अनुरोध गर्न बाँकी रहेको भन्दै बुधबार राति अध्यागमन हिरासतमा लिएपछि उनको थाई भिसा रद्द गरिएको जनाएको छ।

थाई प्रहरी अधिकारीले एएफपीसँग भने, 'सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।' इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, 'उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ।'

सन् २०१८ को जनवरीदेखि सन् २०२१ को फेब्रुअरीसम्म ‘आपराधिक गिरोह’को नेतृत्व गर्ने ती संदिग्धले अन्यसँग मिलेर कम्पनी दर्ता गर्ने, अनलाइन जुवा खेल्ने प्लेटफर्मको अनुसन्धान र विकास गर्ने काम गरेको ‘रेड नोटिस’मा उल्लेख छ। होङशुलिन, यिगौ र यियु इन्टरनेसनलजस्ता अनलाइन गेमिङ (जुवासम्बन्धी) वेबसाइटहरू स्थापना गरेको र तीनमा तीन लाखभन्दा बढी जुवाडेहरू भर्ती गरेको आरोप उनीविरूद्ध रहको छ।

‘रेड नोटिस’मा भनिएको छ, 'शे झिजियाङले प्राप्त गरेको अवैध आय कुल १५ करोड चिनियाँ युआन (२ करोड २२ लाख अमेरिकी डलर) भन्दा बढी रहेको र यो रकम विदेशमा स्थानान्तरण गरिएको छ।' थाइ सञ्चारमाध्यमका अनुसार उनको सञ्जालमा परी ठगिएका एक चिनियाँ नागरिकले ठूलो रकम हिनामिनापछि आत्महत्या गरेका थिए।

kumari

उनीसँग कम्बोडियाको राहदानी भए पनि चीनको हुनान प्रान्तमा जन्मिएको उल्लेख ‘रेड नोटिस’मा उल्लेख छ। उनलाई सन् २०१७ मा कम्बोडियाको नागरिकता प्रदान गरिएको थियो तर वास्तविक अवस्था अस्पष्ट रहेको ‘फ्रन्टियर म्यान्मार’ ले जनाएको छ। कम्बोडियाली सरकारले आफ्नो ढुकुटीमा कम्तीमा दुई लाख ५० हजार अमेरिकी डलर दान गर्ने विदेशीलाई नागरिकता दिन सक्ने त्यहाँको कानुनी प्राबधान भए अनुसार उनले नागरिकता पाएको हुनसक्ने बताइएको छ।

चीन र थाइल्याण्डबीच सुपुर्दगी सन्धि गरिएको भएपनि यो प्रक्रियाका लागि केही महिना लाग्न सक्ने थाई अधिकारीले बताएका छन्। 


प्रकाशित: Aug 13, 2022| 23:00 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।