बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सलमान रुश्दी प्रकरणमा इरानमाथि प्रतिबन्ध लगाउन ऋषि सुनकको आह्वान

सलमान रुश्दी प्रकरणमा इरानमाथि प्रतिबन्ध लगाउन ऋषि सुनकको आह्वान

बेलायतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुश्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

लन्डन- बेलायतका भावी प्रधानमन्त्रीकारूपमा हेरिएका नेता ऋषि सुनकले लेखक सलमान रुश्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। 

आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्तै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका  थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गरेका छन्। 'यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ,' भनी सुनकले टिप्पणी गरेको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ। 

७५ वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास 'मिडनाइट्स चिल्ड्रेन' बाट चर्चामा आएका थिए। भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कार समेत जितेका थिए।

तर उनको सन् १९८८ को पुस्तक 'द सैटानिक भर्सेस' का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो।  सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए। 

kumari

यसैबीच इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औंल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भएको बताएका छन्।

उनले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गरेका छन्। 

प्रकाशित: Aug 15, 2022| 04:45 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।