बुधबार, फागुन २०, २०८२

अफगानिस्तानमा बाढीका कारण ३२ जनाको मृत्यु, २० घाइते

अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काबुल- अफगानिस्तानको परवान प्रान्तको शिनवारी र सिया गार्द जिल्लाहरूमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु  भएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

यो सँगै सयौं घर ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन्। प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख शम्स रहमान सादेक्कीले सयौं घर ध्वस्त भएको टोलो न्युजललाई बताएका छन् । अफगानिस्तानमा भारी वर्षा र अचानक आएको बाढीले सो क्षति पुर्याएको छ।

अफगानिस्तानको लोगार, वार्दक र खोस्ट प्रान्तमा महिला र बालबालिकासहित कम्तीमा २१ जना घाइते पनि  स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।  देशको पूर्वी र मध्य क्षेत्रमा अवस्थित तीन प्रान्तहरूमा विगत केही दिनदेखि परेको भारी वर्षा र अचानक आएको बाढीले ठूलो सङ्ख्यामा गाउँ-बस्तीहरू प्रभावित गरेको खामा प्रेसले  उल्लेख गरेको छ। साथै बाढीले पोल-ए-आलमका  थुप्रै ठाउँहरू बगाएको छ। बाढीले सयौं आवासीय संरचना, हजारौं एकड खेतबारी र दर्जनौं बगैंचामा क्षति पुर्याएको  पनि स्थानीयबासीले बताएका छन्।

यस क्षेत्रमा सयौं परिवार घरबारविहीन  बन्दै विस्थापित भएका छन्।साथै  दक्षिण-पूर्वी अफगानिस्तानको पक्तिया, मैदान वर्दक र खोस्ट प्रान्तहरूमा पनि बाढीले आर्थिक र मानवीय क्षति पुर्याएको खामा प्रेसले जनाएको छ।

यसै बीच करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा बाढीले बगाउँदा महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको  ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए।

kumari

अफगानिस्तानको पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानक आएको बाढीले ठूलो धनजनको क्षति गरेको बताइएको छ। भारी वर्षाले करिब २,९०० घरमा क्षति पुर्याएको छ। सडक र पुलहरू जस्ता महत्त्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन्। यो सँगै गत महिना अफगानिस्तानमा मनसुनी वर्षा र बाढीका कारण करिब ४०० जनाको ज्यान गएको बताइएको छ।

प्रकाशित: Aug 16, 2022| 03:00 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।