सोमबार, जेठ २५, २०८३

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काबुल- अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

National life

लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ। 

भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। 

प्राकृतिक प्रकोपले सयौं आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौं हेक्टर खेत र दसौं बगैंचाहरू प्रभावित भएका छन्।

करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक बर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। 

Shivam cement

प्रकाशित: Aug 13, 2022| 23:30 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।