बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा महिलामाथि भएको बल प्रयोगको निन्दा

अफगानिस्तानमा मानव अधिकारको अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन "अत्यधिक बल प्रयोग" गरिएका घटनाको निन्दा गरेका छन्। उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काबुल- अफगानिस्तानमा मानव अधिकारको  अनुगमन बारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले महिलाहरूको विरोधलाई दबाउन "अत्यधिक बल प्रयोग" गरिएका घटनाको निन्दा  गरेका छन्। उनले यसलाई महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन्।

तालिवानका यस्ता महिला विरोधी कार्यको सार्वजनिक रूपमा निन्दा गर्दै उनले गोली चलाएर शान्तिपूर्ण विरोधलाई दमन गरिएका यस्ता कार्यको निन्दा गरेका छन्। बेनेटले ट्वीटरमा लेखेका छन्, 'काबुलमा महिलाहरूको "शान्तिपूर्ण" प्रदर्शन विरुद्ध बल प्रयोग र दुर्व्यवहार उनीहरूको भेला हुने अधिकार र स्वतन्त्रताको अधिकारको हनन हो।'

खामा प्रेसका अनुसार काबुलमा 'खाना,  काम र स्वतन्त्रता' भन्ने नारा सहित भेला भएका महिला जुलुसलाई दमन गर्ने क्रममा तालिबानले केही पत्रकारहरूलाई गिरफ्तार गरेको र महिलाहरू माथि दमन गरेको बताइएको छ।

यसअघि पनि संयुक्त राष्ट्रसंघका विज्ञहरूले चेतावनी दिदै यदि हालको अवस्थामा सुधार नगरिए अफगानिस्तानको भविष्य 'अन्धकार' रहने बताएको छ।  

तालिबानले सन् २०२१ अगस्टमा सत्ता कब्जामा लिएपछि महिला र  बालिकाहरूको शिक्षा, काम र स्वतन्त्र आवतजावतको अधिकार उल्लङ्घन गरेको छ र घरेलु हिंसाबाट भाग्नेहरूको सुरक्षा र समर्थनको प्रणालीलाई ध्वस्त पारेको छ। तालिबानले यस्तो भेदभावपूर्ण नियमहरूको  सामान्य उल्लङ्घनमा  समेत महिला र केटीहरूलाई हिरासतमा राखेको छ।  यो सँगै अफगानिस्तानमा पछिल्लो समय बालविवाह र जबरजस्ती विवाहको दरमा वृद्धि भएको छ।

kumari

विभिन्न अधिकारवादी समूहहरूले तालिबानलाई  यस्ता नीतिहरू परिवर्तन गर्न आह्वान गरिरहेका छन्।

अफगानिस्तानमा पछिल्ला दिनमा  महिला विरोधी कदमको व्यापक विरोध भएका छन्  तर तालिबानले प्रदर्शनकारीहरू माथि उत्पीडन, दुर्व्यवहार, स्वेच्छाचारी गिरफ्तारी र नजरबन्द गर्दै शारीरिक यातना दिदै बेपत्ता पारेका छन्।

प्रकाशित: Aug 16, 2022| 05:20 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।