बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति

बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

लन्डन- बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ।

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ।

बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो।

उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्याङ्कले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाएको बताउनुभयो। 

सन् २०१९ को अन्त्यतिर चीनमा पहिलो पटक लागेको कोभिडबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या कम गर्न खोपले मद्दत गरेको भए तापनि हालको खोप मुख्यतया रोगको पहिलेको स्ट्रेनलाई लक्षित गरिएको छ। 

kumari

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत जुलाईमा ओमिक्रोन उपप्रजातीको फैलावट र नियन्त्रणका उपायहरू हटाइएका कारण अझै महामारी अन्त्य नभएको बताएको थियो। 

प्रकाशित: Aug 16, 2022| 04:50 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।