बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आक्रमणबाट घाइते बनेका रूश्दीको भेन्टिलेटरमा उपचार हुँदै, एक आँखा गुम्‍नसक्ने

आक्रमणबाट घाइते बनेका रूश्दीको भेन्टिलेटरमा उपचार हुँदै, एक आँखा गुम्‍नसक्ने

न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ। उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ।
 |  आइतबार, साउन २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २९, २०७९

न्युयोर्क- न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रूश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ। उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथिको आक्रमण गलत भएको बताइएको छ।

सहयोगी एन्ड्रयु वाइलीले भने, 'सलमानको एउटा आँखा गुम्ने सम्भावना छ। उहाँको पाखुराका नसाहरू काटिएका छन् र उहाँको कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ। रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ।'

सन् १९८८ मा प्रकाशित ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालिन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए। 

निजी सुरक्षाका कारण आक्रमण हुनसक्ने त्रासका कारण वर्षौंसम्म ‘भूमिगत’ जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रबार न्युयोर्कमा आक्रमण भएको थियो। आक्रमण पश्चात हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएका विश्व प्रसिद्ध साहित्यकार रूश्दीलाई अस्पताल लगी आकस्मिक शल्यक्रिया गरिएको छ। उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँ अहिले बोल्न सक्ने अवस्था छैनन्। र उहाँको एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ। 

उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताएअनुसार आक्रमणकारी रूश्दी बसेको मञ्चमा पुगी पटक–पटक र निर्मम तरिकाले छुरा प्रहार गरेका थिए।

kumari

कार्यक्रममा उपस्थित एक सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नुअघि कैयौँ मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुइँमा लगेका थिए। श्रोताहरूमध्ये कै एक चिकित्सकले उहाँको प्राथमिक उपचारमा सघाएका थिए। 

न्यूयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रूश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ। 

छुरा प्रहारको कारण भने खुल्न सकेको छैन। स्टेजमा रूश्दीको अन्तवार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उहाँलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। 

बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्युटमा आक्रमण भएको हो।  चौटौक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ।'

चाउटाउक्वाका नियमित सहभागी सदस्य लेभानले भन्नुभयोे, “शंकास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरै पटक छुरा हान्ने कोसिस गरिरहेका थिए।


प्रकाशित: Aug 14, 2022| 06:00 आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।