बुधबार, फागुन २०, २०८२

दक्षिण कोरियामा ६२ हजार कोरोना भाइरस संक्रमित थपिए

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

सउल- दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ६२ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्। योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ।

केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा संक्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ। अघिल्लो हप्ता औसतमा दैनिक संक्रमितको संक्र एक लाख २४ हजार ८२९ रहेको थियो।

अहिले संक्रमित अवस्थामा रहेका मध्ये ५२१ जनाको अवस्था गम्भीर रहेको छ। यो संख्या अघिल्लो दिनको भन्दा नौ बढी हो।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ५० भन्दा बढीको मृत्यु भएको छ। त्योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या २५ हजार ६७३ पुगेको छ।  -सिन्ह्वा

kumari

प्रकाशित: Aug 15, 2022| 20:30 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।