रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा सरिक हुन भारतको अयोध्याबाट बिहीबार जन्ती हिडेका छन्। मंसिर १५ गते मनाइने विवाहोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरका लागि हिँडेका हुन्।
सत्तासीन समाजवादी पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा छन्। उनी दिल्लीमै छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन्।
मन्त्रिपरिषद् पुनर्गठनमा पैसाको चलखेल भएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले पैसाको चलखेल गरेको भन्ने सस्तो प्रश्न नगर्न आग्रह गरे।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय प्रक्रिया चाँडै टुंगोमा पुग्ने दाबी गरेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आफू पुराना पदाधिकारीलाई निरन्तरता दिने पक्षमा नरहेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्। ओलीले बिहीबार साँझ साढे ५ बजे सिंहदरबारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिन लागेका हुन्।