बिहीबार, वैशाख ३१, २०८३

मिस वर्ल्डमा सहभागी हुन अनुष्का लण्डन प्रस्थान

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वर्ल्डमा सहभागी हुन लण्डन प्रस्थान गरेकी छन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

National life

काठमाडौं - मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वर्ल्डमा सहभागी हुन लण्डन प्रस्थान गरेकी छन्। डिसेम्बर १४ मा हुने मिस वर्ल्डको प्रतिष्पर्धाको लागि अनुष्का बुधबार लण्डन प्रस्थान गरेकी हुन्। अनुष्काले यसलाई एक मिठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन्।

लण्डनमा हुने ६९ औं मिस वर्ल्डको तयारीको लागि अनुष्का ३ हप्ता व्यस्त रहने बताइन्। लण्डनमा यतिबेला १२५ देशका सुन्दरीहरु जम्मा भएका छन्।

अनुष्काले मल्टिमिडियामार्फत सहयोग गर्न अपिल गरेकी छिन्। प्रतियोगीहरुले टप ३० मा छानिनको लागि फास्ट ट्रयाकमार्फत विभिन्न विधामा प्रतिष्पर्धा गर्नेछन्। मल्टिमिडिया, स्पोर्टस, टप मोडल, हेड टु हेड च्यालेन्ज, व्यूटी विथ प्रपोजलगायतका विधामा प्रतिष्पर्धा गर्नेछन्।

गत बैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले मिस वर्ल्ड २०१९ को उपाधि जित्न सफल भएकी थिइन्।

 

प्रकाशित: Nov 21, 2019| 10:53 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्