आइतबार, साउन ३१, २०८३

पाल्पा जिल्ला समन्वय प्रमुखको निधन

पाल्पा जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन भएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

भैरहवा- पाल्पा जिल्ला समन्वय समिति प्रमुख दयाराज बस्यालको निधन भएको छ। उनको काठमाडौं महाराजगन्जस्थित त्रिवि अस्पतालमा उपचारका क्रममा ६६ वर्षकाे उमेरमा निधन भएको हो।

बस्याल तत्कालीन एमालेको तर्फबाट स्थानीय निर्वाचनमा बगनासिकाली गाउँपालिका-६, यम्घाको सदस्यमा निर्वाचित भई पछि जिसस प्रमुख भएका थिए।

पटक–पटक जेल जीवन बिताएका बस्याल ०४३ सालमा जनपक्षिय राष्ट्रिय पञ्चायतको सदस्य, ०४८ सालमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर २ बाट संसद् उम्मेदवार भएका थिए। तर, उनी संसद्मा पराजित भएका थिए।

उनी ०५४ सालमा नेकपा एमालेको पाल्पा जिल्ला सचिव भएका थिए।

उनको अन्त्येष्टी पाल्पामै हुने सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष नारायण आचार्यले बताए। अध्यक्ष आचार्यका अनुसार बस्यालको आज बिहान साढे ७ बजे जिसस परिसर र ९ बजे तानसेन टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम हुनेछ।

प्रकाशित: Nov 22, 2019| 01:47 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।