आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको आरोप ‘उपनिर्वाचनमा सरकारको अवाञ्छित क्रियाकलाप’

कांग्रेसको आरोप ‘उपनिर्वाचनमा सरकारको अवाञ्छित क्रियाकलाप’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सरकार तथा सत्तारुढ दलले अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाएको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनमा सरकार तथा सत्तारुढ दलले अवाञ्छित क्रियाकलाप गरेको आरोप लगाएको छ।

कांग्रेसको उपनिर्वाचन अनुगमन समितिले बिहीबार पत्रकार सम्मेलन गरी सत्तारुढ दलबाट निर्वाचन आचारसंहिता विपरीतका कार्य भइरहेको आरोप लगाएको छ।

‘उप–निर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलाप भएका छन्।’

कांग्रेसको समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यहरुको हामी घोर भत्र्सना गर्दछौं र आचारसंहिता विपरीतका यस किसिमका गतिविधिहरु भविष्यमा नदोहोर्याउन पनि सचेत गर्दछौं।’

कांग्रेसले आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्यहरु नगर्न सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ। साथै, निर्वाचन आयोगलाई आचारसंहिता विपरीत हुने गरेका क्रियाकलाप रोक्न तदारुकताका साथ कार्य गर्न ध्यान आकर्षण गराएको छ।

केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य र पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिवसहितको अनुगमन समिति कांग्रेसले बनाएको छ।

उप–निर्वाचन हुने ३७ वटै जिल्लामा पनि पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डिएलए)का जिल्ला अध्यक्ष र १ महिलासहित ५ जनाको समिति बनाइएको छ।

मुलुकका ३७ वटा जिल्लाका ५२ स्थानमा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडा अध्यक्ष ४३ मा १४ गते उपनिर्वाचन हुन गइरहेको छ।

प्रकाशित: Nov 21, 2019| 10:40 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।