आइतबार, साउन ३१, २०८३

सरकारले कांग्रेसलाई काम गरेरै जवाफ दिन्छः बास्कोटा

मन्त्रिपरिषद् पुनर्गठनमा पैसाको चलखेल भएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले पैसाको चलखेल गरेको भन्ने सस्तो प्रश्न नगर्न आग्रह गरे।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई काम गरेरै जवाफ दिने बताएका छन् । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेसले यसै साता ‘सरकारका २१ महिनाका २१ असफलता’को सूची सार्वजनिक गरेको थियो । त्यसबारे टिप्पणी गर्दै बाँस्कोटाले विकास गरेरै नेपाली कांग्रेसलाई नेकपाले जवाफ दिने बताए। उनले भने, ‘नेकपाले नेपाली कांग्रेसलाई विकासबाट नै जवाफ दिन्छ । सुशासन, तीव्र आर्थिक विकास र न्याय प्रणालीमा सुधार गरेर जवाफ दिन्छ । तीन वर्ष बाँकी छ। हामी पनि दिन गन्दैछौं। कांग्रेसले पनि गने हुन्छ।’ तीन वर्षपछि नेकपा पनि जनताको बीचमा जाने र जनताले गरेको फैसला स्वीकार्य हुने उनले बताए।

मन्त्रिपरिषद् पुनर्गठनमा पैसाको चलखेल भएको बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले पैसाको चलखेल गरेको भन्ने सस्तो प्रश्न नगर्न आग्रह गरे। ‘‘पैसाको चलखेल गरेर मन्त्री बन्ने आरोप कसले लगायो थाहा भएन। तपाईंकै मुखबाट सुनौं न कसले आरोप लगाएको हो ?’ उनले उल्टै प्रश्न गरे, ‘राजनीति निष्ठा र निरन्तरको सेवा हो। को सत्तापक्षको नेताले पैसाको चलखेल भयो भनेको छ ? पवित्र राजनीतिमा सस्तो प्रश्न गर्नु भएन। प्रश्नका लागि प्रश्न नगर्नू ।’

प्रधानमन्त्रीले बुधबार राति मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बिहीबार बिहान सत्तारूढ नेकपाका नेता प्रभु साहले लेनदेनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै फेसबुक स्टाटस लेखेका थिए।

प्रकाशित: Nov 21, 2019| 11:54 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।