आइतबार, साउन ३१, २०८३

संक्रमणकालीन न्याय छिटै टुंगोमा पुग्छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय प्रक्रिया चाँडै टुंगोमा पुग्ने दाबी गरेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आफू पुराना पदाधिकारीलाई निरन्तरता दिने पक्षमा नरहेको बताए।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय प्रक्रिया चाँडै टुंगोमा पुग्ने दाबी गरेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा आफू पुराना पदाधिकारीलाई निरन्तरता दिने पक्षमा नरहेको बताए।

राजधानीमा बिहीबार द्वन्द्वपीडितहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले धेरै ठूलो जोखिम मोलेर मात्र शान्ति प्रक्रियामा आएका हौँ। आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संक्रमणकालीन न्याय छिटो टुंगोमा पुग्छ।’

यसका लागि पीडितहरुको प्रतिनिधित्व गर्ने आश्वासन अध्यक्ष दाहालले दिएका छन्। सुझाव संकलन गर्ने प्रक्रिया र आयोगमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया समानान्तर रुपले अघि बढेमा धेरै समस्या समाधान हुने उनको भनाइ छ।

उनले भने, ‘हामीले कहिल्यै आममाफी दिने कुरा गरेका छैनौं। यो विषयमा अन्तरिम संविधान बनाउने बेलामा पनि निकै छलफल भएको थियो।’

गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका दोषीमाथि पनि कारबाही हुनुपर्ने पक्षमा आफू रहेको उनले बताए । यसले मात्र समाजमा विश्वासका साथ शान्तिको वातावरण बनाउन सकिने उनको धारणा छ।

उनले भने, ‘आयोगमार्फत यी सबै समस्या समाधान हुन्छन् भनेर मैले शान्ति प्रक्रियामा आएदेखि नै लबिङ गर्दै आएको हुँ ।’ उनले शान्ति प्रक्रिया लम्ब्याउने पक्षमा नरहेको बताए । ‘पीडितहरूले धेरै चिमोटिरहनुभएको छ। त्यसमा हामी संवेदनशील छौं।’

शान्ति प्रक्रियाको सुरुका दिनमा हतियार व्यवस्थापन र सेना समायोजनमा ध्यान दिएको उनको भनाइ थियो।

प्रकाशित: Nov 21, 2019| 11:38 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।