आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट जनकपुरको लागि हिँडे जन्ती

विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट जनकपुरको लागि हिँडे जन्ती

रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा सरिक हुन भारतको अयोध्याबाट बिहीबार जन्ती हिडेका छन्। मंसिर १५ गते मनाइने विवाहोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरका लागि हिँडेका हुन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

जनकपुरधाम- रामजानकी विवाहोत्सवको अवसरमा मनाइने विवाहपञ्चमीमा सरिक हुन भारतको अयोध्याबाट बिहीबार जन्ती हिडेका छन्। मंसिर १५ गते मनाइने विवाहोत्सवमा सामेल हुन् उनीहरु अयोध्याबाट जनकपुरका लागि हिँडेका हुन्।

बिहीबार अपरान्ह अयोध्याबाट हिँडेका जन्ती १२ मंसिर साँझसम्म जनकपुर पुग्नेछन्। अयोध्याबाट निस्केको जन्ती बनारस, विहारको बक्सर, पटना, मुजफ्फरपुर, सीतामढी हुँदै जनकपुरसम्म पुग्ने जानकी मन्दिरका पुजारी रामरोशन दासले जनाए।

विवाहपञ्चमीमा हरेक पाँच वर्षपछि अयोध्याबाट विशेष जन्ती आउने परम्परा रहेको छ। यस पटक पनि पाँच वर्ष पुरा भएकोले विवाहोत्सवमा सहभागी हुन अयोध्यासहित भारतको विभित्र स्थानबाट साधुसन्त तथा मठाधीशको रुपमा विशेष जन्ती आउन लागेको दासले बताए।

दासका अनुसार विवाह पञ्चमीमा जन्तीको रुपमा पाँच सय जना विशिष्ट पाहुनाहरु जनकपुर आउँदैछन्। अयोध्याबाट आउने जन्तीलाई जनकपुर प्रवेश गर्ने नाकामा भव्य स्वागत गर्ने तयारी रहेको उनले बताए।

अयाेध्याबाट जनकपुरका लागि प्रस्थान गरेकाे जन्ती।

 

राष्ट्रपतिदेखि भारतका गृहमन्त्रीलाई निम्तो

रामजानकी विवाहोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरुलाई निम्तो पठाइएको छ। महोत्सवमा सहभागी हुन जानकी मन्दिरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, रक्षामन्त्री लगायतका विशिष्ट पहुनाहरुलाई निम्तो पठाएको छ।

जानकी मन्दिरका महन्थले विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति, प्रधानमन्त्रीका साथै भारतका गृह र रक्षामन्त्रीलाई निम्तो पठाए पनि आउनेबारे टुंगो नलागेको बताए। विवहोत्सवमा आउने विशिष्ट पाहुनाबारे एकदुई दिनभित्र अन्तिम टुंगो लागिसक्ने उनको भनाइ छ।

रामजानकी विवाहोत्सवमा हरेक वर्ष नेपाल तथा भारतका लाखौं श्रद्धालु जनकपुर आउने गरेका छन्। विवाहोत्सवको समय नजदिँकै जाँदा तयारीलाई तीव्रता दिइएको छ।

प्रकाशित: Nov 21, 2019| 12:04 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।