आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले मन्त्रीहरुलाई विशेष निर्देशन दिँदै

प्रधानमन्त्रीले मन्त्रीहरुलाई विशेष निर्देशन दिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्। ओलीले बिहीबार साँझ साढे ५ बजे सिंहदरबारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिन लागेका हुन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिने भएका छन्। ओलीले बिहीबार साँझ साढे ५ बजे सिंहदरबारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई विशेष निर्देशन दिन लागेका हुन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहीबार सपथ ग्रहण गर्दै कार्यभारसमेत सम्हालीसकेका छन्।

नवनियुक्त मन्त्रीमा वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन्। नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भुसाललाई कृषि मन्त्रालय, त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गुरुङलाई महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, रायलाई श्रम र भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्।

 

प्रकाशित: Nov 21, 2019| 11:21 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।