बिहीबार, फागुन २८, २०८२

कर्णालीमा देउडा मनाउन सार्वजनिक विदा

देउडा पर्व मनाउन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

देव राना

देव राना

बिहीबार, मंसिर ५, २०७६

सुर्खेत- देउडा पर्व मनाउन कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

National life

देउडा पर्व तत्कालीन सिंजा सभ्यताको चिनारी र कर्णालीको मौलिकतासँग जोडिएको भन्दै सरकारले साउने १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले साउन १ गतेलाई देउडा पर्व मनाउन बिदा दिने निर्णय गरेको जानकारी दिइन्।

‘देउडा पर्व कर्णालीको पहिचान हो, यसलाई जोगाउन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ’, मन्त्री केसीले भनिन् ‘कर्णालीमा मनाइने हरेक पर्वलाई सरकारले सम्मान र संरक्षण गर्ने जमर्को गरेको छ।’

प्रदेशका दश जिल्लामध्ये कालिकोट, जुम्ला, मुगु र हुम्लामा देउडा पर्व मनाउने चलन छ। तत्कालीन सिंजा राज्यबाट देउडा पर्वको सुरुवात भएको मानिन्छ।

Laxmi sunrise bank
kumari

साविकको मध्य र सुदूरपश्चिममा मनाइने देउडा पर्व पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। देउडाको संरक्षणका लागि कर्णालीबाट विभिन्न जिल्लामा पुगेका कर्णालीवासीले हरेक महिनाको १ र १५ गते देउडा खेल्दै आएका छन्।

त्यस्तै कर्णाली प्रदेश सरकारले माघे सङ्क्रान्ति, भोट ल्होसार, बकर इद र भदौं ४ गते सहिद दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा सुर्खेतका याम बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लामा हरिबहादुर कुँवर मृत्यु भएको थियो।

प्रकाशित: Nov 21, 2019| 12:16 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।