काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको २० हजार घुस रकमसहित अख्तियारको टोलीले जसपाउलाई नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएका जसपाउ बारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।