प्रेस काउन्सिल नेपालले यही चैत १० देखि १७ गतेसम्मको अवधिमा कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्चारमाध्यमसँग स्पष्टीकरण सोधेको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसबाट संक्रमित हुनेको संख्या साढे ८ लाख नाघेको छ।
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी पुगेको छ। मंगबारसम्ममा त्यहाँ मृतकको संख्या ३ हजार ६ सय ६ पुगेको छ। चीनमा भने अहिलेसम्म ३ हजार ३ सय...
विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक ताकेसी कासाईले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक नियन्त्रणभन्दा टाढा रहेको बताएका छन्।
दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करबापत तिर्नुपर्ने रकममध्ये ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । उक्त रकम मंगलबार दाखिला गरेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले...
पूर्व राजपरिवार आबद्ध हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेकै गतिमा हिँड्ने हो भने कोरोनाविरुद्ध लड्न नसकिने बताएका छन् । कोरोनालाई पन्छाउने सबै निकायले आ–आफ्नो स्थानबाट गति बढाउनुपर्नेमा राउतले जोड दिएका छन् ।