बिहीबार, भदौ ४, २०८३

एनसेलले बुझायो ४ अर्ब ६० करोड लाभकर

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करबापत तिर्नुपर्ने रकममध्ये ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । उक्त रकम मंगलबार दाखिला गरेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिएका छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करबापत तिर्नुपर्ने रकममध्ये ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । उक्त रकम मंगलबार दाखिला गरेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिएका छन्।

स्वामित्व परिवर्तन हुँदा सिर्जना भएको पुँजीगत लाभबापतको करमध्ये सुरुमा कम्पनीले २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । त्यसपछि बाँकी रकम कसले तिर्ने विषयमा विवाद हुँदा सर्वोच्च अदालतले एनसेलले २१ अर्व १० करोड रूपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको थियो ।

कम्पनीले उक्त कर २०७७ को असार मसान्तसम्म किस्तावन्दीमा तिर्ने सुविधा पाएको छ ।

सर्वोच्चको फैसलापछि कम्पनीले गत पुसमा ४ अर्ब ५० करोड बुझाएको थियो । अब एनसेलले १४ अर्ब रुपैयाँ हाराहारीमा लाभकर बुझाउन बाँकी छ ।

प्रकाशित: Mar 31, 2020| 19:43 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्