बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना भाइरसबाट विकासशील देशहरुमा ठूलो आर्थिक क्षति हुने, भारत र चीन अपवाद हुनसक्छन्ः यूएन

कोरोना भाइरसबाट विकासशील देशहरुमा ठूलो आर्थिक क्षति हुने, भारत र चीन अपवाद हुनसक्छन्ः यूएन

यूएनसीटीएडीका अनुसार विकासशील देशहरुमा ठूलो क्षति हुने छ तर, भारत र चीन यसका अपवाद सावित हुनसक्छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं- कोरोना भाइरसका कारण वैश्विक अर्थव्यवस्थाले यस वर्ष मन्दीको सामना गर्नुपर्ने छ, अर्थव्यवस्थामा खर्बौं डलरको घाटा हुनेछ– कारोबार र विकाससँग सम्बन्धित संयुक्त राष्ट्र संघ (यूएन) को संस्था यूएनसीटीएडीले आफ्नो एक रिपोर्टमा यो कुरा उल्लेख गरेको छ।

यूएनसीटीएडीका अनुसार विकासशील देशहरुमा ठूलो क्षति हुने छ तर, भारत र चीन यसका अपवाद सावित हुनसक्छन्। यद्यपि, रिपोर्टमा विश्वले आयमा मन्दी र नोक्सान व्यहोरिरहेका बेला भारत र चीन कसरी अपवाद हुनसक्छन् भन्ने विस्तारमा उल्लेख गरिएको छैन।

यूएनसीटीएडीले ठूला अर्थव्यवस्था र चीनले ठूलो सरकारी प्याकेज घोषणा गरेकाले उनीहरुको अर्थव्यवस्थामा पाँच ट्रिलियन डलरको सहयोग पुग्ने उल्लेख गरेको छ।

यसअघि विश्वका प्रमुख अर्थव्यवस्थामा सामेल देशहरुको संगठन जी २० को एक बैठकमा पनि कोरोना भाइरसबाट हुने वैश्विक मन्दीबारे चिन्ता व्यक्त गरिएको थियो ।

यि देशका नेताहरुले मन्दीको सामना गर्न पाँच ट्रिलियन अमेरिकी डलरको आर्थिक प्याकेज दिन सहमत भएका थिए। जी २० देशहरुले संयुक्त वक्तव्य जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई साझा संकट भनेका थिए।

सम्पूर्ण विश्वमा कोरोना भाइरसका कारण हुने मृत्यु ३७ हजार नाघेको छ। यसको चपेटामा पर्नेहरुको संख्या आठ लाख पुग्नै आँटेको छ। त्यस्तै पौने दुई लाख संक्रमितहरु निको भएर घर फर्किसकेका छन्।


कोरोना संकटका कारण चारैतिर उथलपुथल छ। एयरलाइन्स, होटेल र तमाम व्यवसायिक क्षेत्रका यसका कारण बर्बादीको नजिक पुगेका छन् ।

नेपालको अर्थतन्त्रमा कोरोना भाइरसका कारण ठूलो क्षति नहुने अर्थमन्त्री युवराज खतिवडाले बताइरहेका छन्।

प्रकाशित: Mar 31, 2020| 19:44 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्