बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुरुलुरु हिँडेर कोरोनासँग लड्न सकिन्न : मुख्यमन्त्री राउत

लुरुलुरु हिँडेर कोरोनासँग लड्न सकिन्न : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेकै गतिमा हिँड्ने हो भने कोरोनाविरुद्ध लड्न नसकिने बताएका छन् । कोरोनालाई पन्छाउने सबै निकायले आ–आफ्नो स्थानबाट गति बढाउनुपर्नेमा राउतले जोड दिएका छन् ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अहिलेकै गतिमा हिँड्ने हो भने कोरोनाविरुद्ध लड्न नसकिने बताएका छन् । कोरोनालाई पन्छाउने सबै निकायले आ–आफ्नो स्थानबाट गति बढाउनुपर्नेमा राउतले जोड दिएका छन् ।

‘लुरुलुरु हिँडेर कोरोनाविरुद्धको लडाइँ लड्न सकिन्न,’ मंगलबार प्रदेश २ का आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री राउतले भने, ‘सुस्त गतिमा हिँड्ने अहिलको अवस्था होइन, सबैले आ–आफ्नो स्थानबाट गति बढाऔं, अनिमात्र यस संकटलाई परास्त गर्न सकिन्छ ।’

राउतले थपे, ‘अस्पतालका चिकित्कसहरुले बिरामीको उपचार गर्न नमानेको सुरा बाहिर आएको छ। त्यस्ता डाक्टरहरुको पहिचान गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुस् । तपाईंहरु सक्नुहुन्न भने हामीलाई नाम दिनुस् । मन्त्रिपरिषद्बाटै निर्णय गरेर त्यस्ता डाक्टरहरुलाई हामी कारबाही गर्छौं ।’

सरकारको सुविधा लिएर संकटको घडीमा समेत सेवा दिन नसक्ने डाक्टरहरुको कुनै काम नरहेको राउतले बताए । ‘तपाईंहरु अधिकारसम्पन्न हुनुहुन्छ, काम गर्न स्वतन्त्र हुनुहुन्छ । बदमाशी गर्ने डाक्टर र अस्पताललाई कारबाहीको दायरामा ल्याउनुस्,’ राउतले भने ।

‘निजी अस्पतालहरुले क्वारेन्टाइनको लागि बेड दिएको कुरा मिडियामा हल्ला गरेको छ, तर बिरामी पुग्दा जाँचेको छैन्,’ उनले भने, ‘सरकारबाट सुविधा लिएर सहुलियतमा उपकरणहरु मगाउने, अनि बिरामी नजाच्ने ? यसरी चल्दैन ।’

संकट परेको बेला आम नागरिकको भलो गर्न नसके पदमा बसिरहनुको कुनै औचित्य नरहेको उनको भनाइ थियो । ‘विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपाली जनता पनि संकटमा परेका छन्, अहिले लकडाउनको अवस्था छ, यस्तो अवस्थामा पनि जनतालाई राहत दिन नसके तपाईं, म कोहि पनि पद त्याग गरे हुन्छ । जनताले तिरेको करबाट तलब नलिँदा हुन्छ,’ राउतले भने ।

कोरोना संक्रमण फैलिएलगत्तै प्रदेश सरकारले आठै जिल्लाका जिल्ला प्रशासनमार्फत् पैसा खर्च नभएको प्रति उनले आक्रोश व्यक्त गरेका छन् । ‘प्रदेश सरकारले सबै जिल्लामा आवश्यक बन्दोबस्त गर्न ५०–५० लाख रुपैयाँ पठाएको छ, तर तपाईंहरु खर्च गर्न सक्नु भएको छैन, मलाई दुःख लागेको छ,’ राउतले भने, ‘कमसेकम सुरक्षाकर्मीहरुकै लागि स्यानिटाइजर, साबुन खरिद गरे भइहाल्थ्यो नि ।’

कोरोना संक्रमण हुन नदिन लागु गरिएको ‘लकडाउन’पूर्ण कार्यान्वयनतर्फ ध्यान दिन राउतले जोड दिएका छन् । कमुख्यमन्त्री राउतले कोरोनाविरुद्धको लडाइँमा संघीय सरकारले प्रदेश २ लाई प्राथमिकतामा राखेको बताउँदै अस्थायी भए पनि चाँडै कोरोना परीक्षण गर्न ल्याब सञ्चालनमा आउने उल्लेख गरे ।

प्रकाशित: Mar 31, 2020| 18:30 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।