बिहीबार, भदौ ४, २०८३

'बाँचे अर्को वर्ष मनाउँला अप्रिल फुल'

आज अप्रिल १ तारिख । यो दिन मानिसहरु एक अर्कालाई मूर्ख बनाएर अप्रिल फुल मनाउने गर्छन्। यो चलन विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

आज अप्रिल १ तारिख । यो दिन मानिसहरु एक अर्कालाई मूर्ख बनाएर अप्रिल फुल मनाउने गर्छन्। यो चलन विश्वका धेरै मुलुकमा जस्तै नेपालमा पनि छ।

यस वर्षको अप्रिल फुल भने फरक हुने देखिएको छ। मानिसहरु ठट्टा गर्ने वा कसैलाई मूर्ख बनाउने मुडमा छैनन्।

कोरोना भाइरसले ल्याएको महामारीका कारण अहिले विश्व नै त्रसित छ। हजारौंको ज्यान गइसकेको छ । लाखौं संक्रमित छन्। दैनिक सयौंको ज्यान गइरहेको छ । कोरोनाको औषधि वा भ्याक्सिन नै पत्ता लागेको छैन अहिलेसम्म। सारा विश्व नै अहिले पूरा शक्ति लगाएर जुधिरहेको छ।

यसैबीच प्रविधि कम्पनी गुगलले पनि यो वर्ष अप्रिल फुल नमनाउने निर्णय गरेको छ। गुगलले यो वर्ष अप्रिल फुलको प्रान्क रद्द गरेको छ । गुगलले भनेको छ ठट्टाहरु अर्को वर्षलाई जोगाइराखौँ । अहिलेचाहिँ आफू बचौँ र अरुलाई पनि बचाऔँ। कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाएको छ।

गुगलको मार्केटिङ विभागले कम्पनीका उच्चपदस्थ कर्मचारीहरुलाई इमेल गर्दै गुगलले यस वर्ष अप्रिल फुल मनाउने आफ्नो परम्परालाई थाँती राखेको बताएका छन्।

गुगलले दुई दशकदेखि अप्रिल फुल मनाउँदै आएको छ । अप्रिल १ को दिन उसले आफ्ना विभिन्न प्लाटफर्ममा गुगलले प्रांक गर्ने गर्छ।

 

प्रकाशित: Apr 01, 2020| 06:41 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।