बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसियामा कोरोना भाइरस नियन्त्रण प्रयास सन्तोषजनक : डब्ल्यूएचओ

एसियामा कोरोना भाइरस नियन्त्रण प्रयास सन्तोषजनक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक ताकेसी कासाईले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक नियन्त्रणभन्दा टाढा रहेको बताएका छन्।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक ताकेसी कासाईले एसियामा कोरोना भाइरसको महामारीको अवस्था निश्चित मुलुकबाहेक नियन्त्रणभन्दा टाढा रहेको बताएका छन्।

कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उने भाइरस नियन्त्रणमा लिन सफल भएका एसियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका बेला डब्ल्यूएचओका अधिकारीको यो भनाइ सार्वजनिक भएको हो। चीनमा पछिल्ला केही हप्ता नयाँ सङ्क्रमण पुष्टि नगन्य मात्रामा आए पनि दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने सङ्क्रमित सङ्ख्या बढ्ने छ।

चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्ध लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै सङ्क्रमितको सङ्ख्या करिब ‘शून्य’ झरेको अधिकारीहरूले बताउँदै आएका छन् ।

यसैबीच विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ।

विश्व बैंकको पछिल्लो पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एसिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ। -रासस

प्रकाशित: Mar 31, 2020| 21:10 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।