स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि घर फर्किएकाहरूलाई अझ एक हप्ता घरमै सुरक्षित बस्न निर्देशन दिइएको जानकारी दिए।
कोरोना भाइरसको संक्रमणबाट आज (बुधबार) बिहानसम्ममा ८१ हजार २ सय ५० जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार करिब १४ लाख यसबाट संक्रमित छन्।
कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा लागेको लकडाउन ७६ दिनपछि हटेको छ। अझै पनि केही प्रतिबन्ध कायम छन् र संक्रमणको सम्भावना पूर्ण रुपमा कम नभएको बताइएको छ।
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको डल्ले रेष्टुराँले भने अहिले...
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।...