रामेछाप– रामेछापको तामाकोशी अस्पतालमा तीन दिनदेखि उपचाररत एक वृद्धको मंगलबार राति ज्यान गएको छ।
रामेछाप गेलुका ६५ वर्षीय वृद्ध दमको रोग भएका र तीन दिनदेखि ज्वरो आएपछि आइसोलेसन कक्षमा राखेर उपचार गराइरहेको अवस्थामा ज्यान गएको हो।
मृतकको स्वाब परीक्षणको लागि बुधबार बिहानै धुलिखेल अस्पताल, काभ्रे पठाइएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनी विदेश नगएको र विदेशबाट फर्केका कुनै व्यक्तिको पनि सम्पर्कमा पुगेका थिएनन्।