बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोदावरी नगरपालिकाका वडाध्यक्षको गाडी हतियारसहित बरामद

गोदावरी नगरपालिकाका वडाध्यक्षको गाडी हतियारसहित बरामद

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडी धनी भने पक्राउ परेका छैनन् ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को सीमानाबाट दुई थान हतियारसहित डीएल ३ सीसी आर ३९९७ नम्बरको भारतीय नम्बर प्लटेको फर्चुनर गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडी धनी भने पक्राउ परेका छैनन् ।

सशस्त्र प्रहरीको टोलीले आज साँझ कलुवापुरबाट नियन्त्रणमा लिएको गाडीबाट प्वाईन्ट टुटु एल आर एक थान र सोको १४ वटा गोली, एक थान एयर गन र सोको १ सय ७६ वटा गोलीसमेत बरामद गरेको छ ।

गाडीबाट बिभिन्न बैंकका ६ वटा एटीएम कार्ड र आईएमइको कार्डसहित ७६ हजार रुपैयाँसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

गाडीमा बरामद भएका कागजात कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाही गुड्डुको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

लकडाउनको समयमा बाटोमा भारतीय नम्बर प्लटेको गाडी देखेपछि चेकजाँचका क्रममा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको शैलेश्वरी गणको टोलीले अवैध हतियारसहितको गाडी बरामद गरेको हो ।

शैलेश्वरी गणका गणपति बीरसिंह साहुले बरामद गरिएको गाडी, हतियार, बैंकका कागजातहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताए।

प्रकाशित: Apr 07, 2020| 21:54 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।