बिहीबार, भदौ ४, २०८३

आफूखुशी राहत वितरण गरे कारबाही

बन्दाबन्दी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २०० भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले लकडाउनको बेला आफूखुशी राहत सङ्कलन र वितरण गर्नेलाई कारबाही गर्ने भएको छ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधिमा केही व्यक्ति तथा सङ्घसंस्थाले आफूखुशी राहत वितरण गर्न थालेको भन्दै प्रशासनले त्यस्तो नगर्न अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आफूखुशी राहत वितरण कार्य सरकारको नीतिविपरीत भएको हुँदा त्यस्तो नगर्न नगराउन र त्यस्ता किसिमका राहत वितरण कार्य सम्बन्धित स्थानीय तहको समन्वयमा मात्र गर्न सचेत गराइएको जानकारी दिए।

कतिपय उद्योगी/व्यवसायीबाट अत्यावश्यक वस्तुको मूल्यवृद्धि गरेको, उपभोक्तासँग बढी रकम असुल गरी कालोबजारी गरिएको भन्ने बुझिन आएकाले त्यस्ता कार्य नगर्न नगराउन पनि प्रशासनले सचेत गराएको छ।

यसैबीच, बन्दाबन्दी भएपछि तनहुँ जिल्लामा अलपत्र परेका एक हजार २०० भन्दा बढी कामदारलाई उद्धार गरी घर पठाइएको छ।

जिल्लाका विभिन्न भागमा सञ्चालित सडक आयोजना, नाला, पुललगायतमा काम गर्ने कामदारलाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर घर पठाएको हो। रासस

प्रकाशित: Apr 08, 2020| 10:06 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।