शनिबार, साउन २३, २०८३

सप्तरीको क्वारेन्टिनमा बसेका ३७ जनाको रिपोर्ट नेगेटिभ

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि घर फर्किएकाहरूलाई अझ एक हप्ता घरमै सुरक्षित बस्न निर्देशन दिइएको जानकारी दिए।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

सप्तरी– स्वास्थ्य निगरानीसहित बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टिनमाबाट ३७ जना घर फर्किएका छन्।

कोभिड–१९ को रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट उनीहरूलाई घर पठाइएको हो।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि घर फर्किएकाहरूलाई अझ एक हप्ता घरमै सुरक्षित बस्न निर्देशन दिइएको जानकारी दिए।

मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत देशबाट फर्किएपछि उनीहरू क्वारेन्टिनमा बसेका थिए। रासस

प्रकाशित: Apr 08, 2020| 08:27 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्