बुधबार, साउन १३, २०८३

युरोपियन युनियनका प्रमुख वैज्ञानिकले दिए राजीनामा

कोरोना भाइरस नियन्त्रणका युरोपेली मुलुकहरुको प्रयासमा असहमत रहेका फेरारीले राजीनामा दिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

युरोपियन रिसर्च काउन्सिल (ईआरसी) का प्रमुख प्रा.माउरो फेरारीले पदबाट राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणका युरोपेली मुलुकहरुको प्रयासमा असहमत रहेका फेरारीले राजीनामा दिएको फाइनान्सियल टाइम्सले जनाएको छ।

उनले भनेका छन्, 'म युरोपेली संघको कडा समर्थक हुँ तर कोरोना भाइरसको संकटले मेरो दृष्टिकेण पूरै बदलियो । तर मेरो उत्साहमा कुनै कमी रहने छैन।'

उनले कोरोना भाइरसविरुद्ध लड्न विश्वका सर्वश्रेष्ठ वैज्ञानिकहरुलाई नयाँ औषधि उपकरण आविष्कारका लागि पर्याप्त संसाधन र अवसर उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्

ईआरसी सन् २००७ मा स्थापना भएको युरोपेली वैज्ञानिकहरुको साझा संगठन हो। यसलाई विश्वकै प्रतिष्ठित दाता निकाय मानिन्छ । यो संस्थाको बजेट मात्र दुई अर्ब युरो रहेको छ। 

प्रकाशित: Apr 08, 2020| 07:44 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।