ललितपुर - ललितपुर महानगरपालिकाले ज्याला, मजदुरी गर्ने, विपन्न, असहाय परिवारलाई बिहीबारदेखि राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ।
विभिन्न वडाका प्राप्त विवरणका आधारमा बिहीबारदेखि राहत वितरण गर्ने महानगरपालिकाले जनाएको छ। राहत वितरण प्रत्येक वडाबाट हुनेछ।
महानगरपालिकाको कार्यपालिका बैठकले दुईजना सम्मको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, चिउरा १ किलो र तेल आधा लिटर वितरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी तीन जनाभन्दा बढी सदस्य संख्या भएकालाई १० किलो चामल, २ किलो दाल , १ प्याकेट नुन, ३ वटा साबु, डेढ किलो चिउरा र आधा लिटर तेल वितरण गरिनेछ।