बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित १४ लाख, ट्रम्पले दिए डब्लुएचओको अनुदान रोक्ने चेतावनी

कोरोना संक्रमित १४ लाख, ट्रम्पले दिए डब्लुएचओको अनुदान रोक्ने चेतावनी

कोरोना भाइरसको संक्रमणबाट आज (बुधबार) बिहानसम्ममा ८१ हजार २ सय ५० जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार करिब १४ लाख यसबाट संक्रमित छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

कोरोना भाइरसको संक्रमणबाट आज (बुधबार) बिहानसम्ममा ८१ हजार २ सय ५० जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार करिब १४ लाख यसबाट संक्रमित छन्।

विश्वभर के भयो पछिल्लो २४ घण्टामा ?

ट्विटर मालिकले दिए एक अर्ब डलर

पेमेन्ट एप स्क्वेयर तथा ट्विटरका मालिक ज्याक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब अमेरिकी डलर दिने घोषणा गरेका छन्। उनका अनुसार यो उनको कुल सम्पत्तिको २८ प्रतिशत हो।

भारतमा ५ सयभन्दा बढी नयाँ संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा ५०८ जनामा कोरोना संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ। त्यहाँ अहिलेसम्म १२४ जनाको ज्यान गइसकेको छ।

फ्रान्समा मृतकको संख्या १० हजार नाघ्यो

फ्रान्समा कोरोना भाइरसबाट मर्नेको संख्या १० हजार ३ सय पुगेको छ। कोरोनाबाट १० हजारभन्दा बढीको ज्यान जाने तीनवटा मुलुकमा फ्रान्स पनि परेको छ।

डब्लुएचओको अनुदान रोक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको अनुदान रोक्ने चेतावनी दिएका छन्। डब्लुएचओले कोरोनाको चेतावनी समयमै नदिएको आरोप ट्रम्पको छ। डब्लुएचओ चीनमा मात्रै केन्द्रित रहेको आरोप पनि ट्रम्पको छ।

स्मरण रहोस्, जुन दिन डब्लुएचओले कोरोना भाइरसका कारण विश्वव्यापी खतरा औंल्याएको थियो, सोही दिन ट्रम्पले यो भाइरसलाई फर्जी भनेका थिए।

उता, कोरोना भाइरसका लागि अमेरिकी टास्क फोर्स प्रमुख एन्थोनी फाउचीले कोरोनाले अमेरिकामा नश्लीय भेदभाव बढाएको बताएका छन्।

यसैबीच, अमेरिकाका नेभी (जल सेना) प्रमुख थोमस माडलीले राजीनामा दिएका छन्।

बोरिस जोनसन आईसीयूमै

कोरोना संक्रमण भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन आईसीयूमा छन्। हिजो आईसीयूमा भर्ना भएका उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

बेलायतमा ५५ हजारभन्दा बढी कोरोना संक्रमित

बेलायतमा अहिलेसम्म २ लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको छ। त्यसमध्ये ५५ हजार २ सय ४२ जनामा संक्रमण पाइएको छ। अस्पताल भर्ना भएका ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 08, 2020| 08:01 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।