शनिबार, फागुन ३०, २०८२

काेराेनाबाट भारतमा १२४ को मृत्यु, ४७८९ संक्रमित

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४७८९ पुगेको छ।
 |  मंगलबार, चैत २५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २५, २०७६

नयाँदिल्ली- भारतमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्मस १२४ जनाको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या ४७८९ पुगेको छ।

National life

पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ भने ५०८ जनालाई संक्रमण भएको मन्त्रालयले जनाएको छ। मंगलबारसम्म ३५३ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

मन्त्रालयका सचिव लव अग्रवालले लकडाउन पालना भएको ठाउँमा संक्रमण नियन्त्रणमा लिन केही सफल भएको बताए। उनका अनुसार आगरा, नोएडा, पूर्वी दिल्ली, भिलवाडा, मुम्बईमा लकडाउनको असर देखिएको छ भने संक्रमणमा पनि कमी आएको छ।

मंगलबारसम्म सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या १०१८ पुगेको छ। पछिल्लो २४ घण्टामा १०५ जनालाई संक्रमण भएको बताइएको छ। मुम्बईमा ११६, पूणेमा १८, अहमदनगरमा ३, ठाणेमा २, बुलढानामा २, नागपुरमा ३, औरंगाबादमा ३ तथा सतारा, रत्नागिरी र सांगलीमा एक एक जना संक्रमित भेटिएका छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 07, 2020| 21:43 मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।