सामाजिक सञ्जाल ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग सम्बन्धित राहतका कार्यमा खर्च गर्ने गरी एक अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन्।
कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए। ‘म ७०...
ज्वरो नाप्ने थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सात दिन लागि हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
लकडाउनको समयमा ललितपुरस्थित बुद्ध जयन्ती ट्रस्ट समितिले ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा सुपथ मूल्यमा खाद्यान्न सामग्री उपलब्ध गराइरहेको छ। यसैक्रममा बुधबार पाटन दरबार स्क्वायरमा खाद्यान्न वितरण गरियो।
नेपाल पुनर्बीमा कम्पनीको सेयरमा ४० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । कम्पनीले बुधबार सेयर बाँडफाँड गरेको हो । कम्पनीको सेयर ३ लाख ९० हजार ६३८ जना आवेदकले पाएको कम्पनीले...
केही स्वास्थ्यकर्मी विपत्का बेला योगदान गर्न हिचकिचाइरहेका छन्। कुनै पनि बहानामा उपचारबाट पन्छिने स्वास्थ्यकर्मी कहिल्यै अब्बल बन्न नसक्ने चिकित्सा क्षेत्रका विज्ञहरु बताउँछन्।
इंग्लिस फुटबलले लिगका साथै क्लब पनि गुमाउन सक्ने खतरा देखिएको छ । कल्पनाभन्दा परको आर्थिक चुनौतीपछि यस्तो खतरा फुटबलमा आइपरेको फुटबल एसोसिएसनका अध्यक्ष जेर्क क्लार्कले बताएका छन्।