आइतबार, चैत ८, २०८२

इंग्लिस फुटबलले लिग र क्लब गुमाउने खतरा

इंग्लिस फुटबलले लिगका साथै क्लब पनि गुमाउन सक्ने खतरा देखिएको छ । कल्पनाभन्दा परको आर्थिक चुनौतीपछि यस्तो खतरा फुटबलमा आइपरेको फुटबल एसोसिएसनका अध्यक्ष जेर्क क्लार्कले बताएका छन्।
 |  बुधबार, चैत २६, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत २६, २०७६

इंग्लिस फुटबलले लिगका साथै क्लब पनि गुमाउन सक्ने खतरा देखिएको छ । कल्पनाभन्दा परको आर्थिक चुनौतीपछि यस्तो खतरा फुटबलमा आइपरेको फुटबल एसोसिएसनका अध्यक्ष जेर्क क्लार्कले बताएका छन्।

National life

कोरोना भाइरस (कोभिड–९) का कारण सिजन बीचमै रोकिएको छ। केही क्लबहरुले खेलाडीबाहेकका स्टाफहरुलाई अस्थायी विदामा राखिरहेका छन्। यता खेलाडीहरुको तलबका बारेमा पनि विवाद उठिरहेको छ।

‘कठिनाइका कारण धेरैले पुनः सुरु हुन सक्नेगरी क्लब गुमाउन सक्छन्,’ क्लर्कले भने।

प्रिमियर लिगका अध्यक्ष रिकार्ड मास्टर्सले जारी सिजन नसकिएको खण्डमा एक विलियन पाउन्ड गुमाउन सक्ने बताएका छन्। साथै उनले कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहे बाँकी धेरै कुराहरु पनि गुम्ने खतरा रहेको बताए। उनले भनेका छन्, ‘भविष्यमा जति कोरोनाको संक्रमण बढ्नेछ, हामीले त्यति नै धेरै कुराहरु गुमाउँदै जानुपर्ने हुन्छ।’

डिजिटल, संस्कृति, मिडिया र खेलकुद समितिका अध्यक्ष जुलियन नाइटलाई लेखेको पत्रमा मास्टर्सले अस्थायी विदामा बसेका क्लबका कामदारको बचाउ गरेका थिए। ‘बिना तलब विदामा बस्ने सरकारको योजना भनेको सम्पूर्ण अर्थ व्यवस्थाका लागि हो। जसमा मनोरञ्जन प्रदान गर्ने उद्योगहरु र कुलिन प्रतिभासमेत पर्छन्,’ मास्टर्सले लेखेका छन्, ‘हाम्रो खेल उद्योग मात्र घाटामा गएको छैन। त्यसैले हामीले हाम्रो योजनाहरु केही टाढा धकेलेर सम्पूर्ण कुराहरु पुनः प्राप्ति गर्नु पर्छ।’

Laxmi sunrise bank
kumari

अन्य क्लबबाहेक लिभरपुलले आफ्ना खेलाडीबाहेकका कर्मचारीलाई विदाको पनि तलब दिने घोषणा गरेको छ। उसले आफ्ना केही कामदारलाई खेल नहुँदा महामारीको रोकथामका लागि स्वयंसेवामा पनि खटाएको छ।

बीबीसी

प्रकाशित: Apr 08, 2020| 11:18 बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।